पोखरामा विदेशी नागरिकसहित २ जना लागू औषधसहित प्रकाउ
पाेखरा | असार ७, २०८०
पोखरा: लागू औषध नियन्त्रण ब्यूरोले पोखराबाट विदेशी नागरिकसहित २ जनालाई लागू औषधसहित प्रकाउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा पोखराबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका ६लेकसाइडबाट मोरङ बिराटनगरपालिका १२ घर भएका २६वर्षीय राज गौतम र विदेशी नागरिक ३२ वर्षीय मार्टिना क्रिनालाई लागू औषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लेकसाइडमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा मोरङ घर भएका गौतम र विदेशी नागरिक मार्टिनाको साथबाट प्रहरीले लागूऔषध एलसिडी २६ पिस, एम्फेटामाईन (आईस जस्तो देखिने) ४ सय मिलिग्राम र मोबाईल २ थानसहित प्रकाउ गरेको हो ।
प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धि मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

